‘पिपल्स च्वाईस अवार्ड’को मनोनयन सार्वजनीक, कसरी गर्ने भोट ?

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाईस विधाका ५ जनाको नाम सार्वजनीक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रवार एक पत्रकार सम्मेलन गर्दै वर्षका ५ चर्चित खेलाडीको सुचि सार्वजनीक गरेको हो ।

पिपल्स च्वाईस विधामा पौडीकी गौरिका सहित करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाईक, आयोजक संस्थाका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ ।

भाटिङ्ग ई सेवाको एप डाउनलोड गरेर खेलाडीको प्रोफाईलमा गएर भोट गर्न सकिनेछ । भोटिङ्ग शुक्रवारबाटै शुरु भई पुस २७ गते राति १२ बजेसम्म खुल्ला रहने बताईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?