काठमाडौं । सरकारले मंगलवार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे आज सुनुवाई नहुने भएको छ । आजको लागि सुनुवाई तोकिएपनि ‘हेर्न नभ्याईने’मा राखिएको हो ।
आजका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा मुद्दाको पेसी तोकिएको थियो।
आजका लागि पेसी चढेपनि उक्त मुद्दामा सुनुवाइ नहुने भएसँगै उक्त मुद्दालाई ‘हेन नभ्याइने’ मा राखिएको हो ।
सरकारले ल्याएको अध्यादेशका विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, मन्त्रिपरिषद्, राष्ट्रपतिको कार्यालयसहित ९ जना विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
संवैधानिक परिषद्का अध्यक्ष(प्रधानमन्त्री), संवैधानिक परिषद्को सचिवालय, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेतालाई विपक्षी बनाइ रिट दायर गरिएको छ ।
उक्त रिटमा संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर गर्नका लागि माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया