फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना, कैयौँ उच्च अधिकारी आइसोलेसनमा

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । बिहीवार नालाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्न लागेका उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई बिहीवार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्नुहुने पनि बिहीवार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ ।

उनी आगामी मंगलवार र बुधवार लेबनान जाँदै थिए । अब उनी कोरोना पोजेटिभ देखिएपछि उनको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने उनको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ ।

राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

यसैबीच राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

तर पनि उनमा कुनै लक्षणहरु भने नदेखिएको पनि समाचारमा उल्लेख गरिएको छ । यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?