काठमाडौं । अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले हालै मात्र २०२० मा सबैभन्दा धेरै कमाउने विश्वका १०० सेलीब्रेटीको लिस्ट जारी गरेको छ ।
यो लिसटमा खेल जगतबाट ५ खेलाडीले टप १० मा स्थान बनाएका छन् ।
२०१९ मा एथलीट्समा ५ औँ नम्बरमा रहेका टेनिसका चर्चित खेलाडी रोजर फेडररले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई पछि पारेका छन् । उनी सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।
फेडररले गत वर्षको भन्दा १५०.४ करोड रुपैयाँ धेरै कमाएका छन् । उनले वर्षभरमा १०६ मिलियन डलर कमाएका छन् ।
त्यस्तै क्रिस्टियानो रोनाल्डो मेसीलाई पछि पार्दै एथलीट्समा दोश्रो स्थान बनाएका छन् । रोनाल्डोले वर्षभरमा १०५ मिलियन डलर कमाउका छन् । मेसीले १०४ मिलियन डलर कमाएका छन् ।
यो लिस्टमा ब्राजिलका फुटबलर नेयमार र अमेरिकी बास्केटबल प्लेयर लेब्रोन जेम्सको नाम पनि सामेल छ ।
नेयमारले वर्षभरमा ९५.५ मिलियन डलर कमाएका छन् ।
त्यस्तै लेब्रोनले वर्षभरमा ८८.२ मिलियन डलर कमाएका छन् । लेब्रोनलाई हालै टाइम म्यागजिनले एथलीट अफ दी इयर घोषित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया