भारतमा कोरोना संक्रमितको संख्या एक करोड नजिक, ९५ लाख बढी संक्रमण मुक्त

काठमाडौं । भारतमा कोरोना संक्रमितको स.ख्या एक करोड पुग्न लागेको छ ।

वर्ल्डोमिटरले जनाएअनुसार भारतमा हालसम्म ९९ लाख ७९ हजार ४४७ जनालाई कोरोना संक्रमण भएको छ भने १ लाख ४४ हजार ८२९ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म ९५ लाख २० हजार ८२७ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख १३ हजार ७९१ जनाको उपचार भइरहेको छ ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ज्ञ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा बिहीवार मात्रै २६ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?