अमेरिकामा मोडर्नाको कोरोना भ्याक्सिनलाई पनि प्रयोगको अनुमति

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सारा विश्वभर यस विरुद्धको भ्याक्सिन बनाउने काम भइरहेको छ ।

केहि देशहरुमा यस कोरोना भ्याक्सिनको ट्रायलको काम भइरहेको छ ।

यसैबीच अमेरिकामा फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनको एक प्यानलले मोडर्नाको कोरोना भाइरस भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।

यो भ्याक्सिन कोरोनाबाट लड्ने दोश्रो विकल्प भएको बताइएको छ ।

यो भ्याक्सिनले १८ वर्ष र त्यो भन्दा धेरै उमेरका मानिसलाई कोरोना संक्रमण हटाउन सफल साबित भएको बताइएको छ ।

एक हप्ता अगाडि मात्रै फाइजरको भ्याक्सिनलाई अमेरिकामा इमर्जेन्सी प्रयोगको अनुमति दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?