काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रवार (आज) बस्दैछ ।
बिहान साढे १० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो ।
सरकारले ल्याएको पछिल्लो अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बुधवार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो ।
संसद् बोलाउने संवैधानिक समयसीमा १५ दिन बाँकी छँदा समेत सरकारले विलम्ब गरिरहेको प्रति कांग्रेसले विरोध जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया