रोनाल्डो र मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीको पोल्टामा ‘फिफा वर्ष खेलाडी अवार्ड’

काठमाडौं । यस वर्षको फिफा वर्ष खेलाडीको अवार्ड रोबर्ट लेवान्डोस्कीले हात पारेका छन् ।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड हात पारेका हुन् विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।

‘मैले निकै मज्जाको अनुभव गरिरहेको छु ।’ उनले भने, ‘मैले निकै गर्व र खुसीको महशुश गरेको छु । यो मेरो लागि एक महान दिन हो । र मेरो क्लब र सहकर्मीका लागि पनि । यो अवार्ड मेरो सहकर्मीको पनि हो । प्रशिक्षक र बायर्न म्युनिखको हो । निकै उद्भुत महशुश भईरहेको छ । यसले धेरै भावुक बनाएको छ ।’ लेवान्डोस्कीले भने ।

  • एजेन्सी

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?