काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई नेपाल भ्रमण गराउने पहल थालिएको छ ।
जोनसनले आगामी महिना भारत भ्रमण गर्ने निश्चित भएसँगै उनलाई नेपाल भ्रमण गराउन बेलायतस्थित नेपाली समुदायले पहल थालेको हो ।
नेपाल-बेलायत द्विपक्षीय सम्बन्धको दुई शतक बढी भएपनि हालसम्म कुनै पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमण गरेका छैनन् ।
नेपाल-बेलायत द्विपक्षीय सम्बन्धको २०४ वर्ष पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया