आज र भोलि काठमाडौंका विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौं । आज शुक्रबार र भोलि शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली काटिने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट बिजुली वितरित क्षेत्रमा बत्ति काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आज शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार र धर्मस्थली फिडर सटडाउन हुनेछ ।

बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य समयअगावै सम्पन्न भएमा भने तोकिएको समय अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?