आजदेखी हट्यो जोरबिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली आज शुक्रबारदेखि अन्त्य भएको छ। सार्वजनिक यातायातमा सर्वसाधारणको चहलपहल बढेसँगै सरकारले जोरबिजोर प्रणाली हटाएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएपछि जोरबिजोर प्रणाली आजबाट लागु हुनेगरी हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो समय सार्वजनिक सवारीका यात्रुले समेत यो प्रणाली हटाउन माग गर्दै आएका थिए।

गृह मन्त्रालयले गत साउन २२ गतेदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?