कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रवार बस्‍ने

काठमाडौँ– कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रवार बस्ने भएको छ ।

शुक्रवार बिहान साढे १० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो  । सरकारले ल्याएको पछिल्लो अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो । संसद् बोलाउने संवैधानिक समयसीमा १५ दिन बाँकी छँदासमेत सरकारले विलम्ब गरिरहेको प्रति कांग्रेसले विरोध जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?