काठमाडौं – मन्त्रिपरिषद् बैठक सकिएको छ । आज साँझ बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने बताइएको थियो । तर, बैठकले अध्यादेश फिर्ता सम्बन्धी कुनै निर्णय नगरेको स्रोतले लोकपथलाई जानकारी दियो।
सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा अोली हिजो (बुधवार) सहमत भएका थिए ।
त्यसैले पनि आजको बैठकले उक्त विवादास्पद अध्यादेश फिर्ता लिने आँकलन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया