नेकपा विवादबारे देव गुरुङको यस्तो दावी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीभित्रको विवाद पार्टीको विधान र प्रक्रियाबाटै सल्टिने दाबी गरेका छन् ।

लामो समयदेखि पार्टीभित्रको वैचारिक विवाद बाहिर आएकाले त्यसलाई पार्टीको विधान र प्रक्रियाबाटै टुंग्याउनुपर्ने उनले बताए ।

शहिद शुकदेव गुरुङ राष्ट्रिय कार्यदल नेपाल मुल आयोजक समिति बुटवलमा बिहीबार आयोजित सर्वदलीय सर्वपक्षीय अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले अहिले वैचारिक लडाइँ सुरु गर्नुपर्ने बेलामा चिन्तन भने यदुवंशीयजस्तै पाइएको बताए ।

पछिल्लो ६ महिनादेखि दुर्घटनाको नजिक पुगेको नेकपाको विवाद हिजो बुधवारको स्थायी कमिटी बैठकसँगै केहि साम्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?