एम भि अगष्टाको नयाँ ४ नयाँ मोडल नेपाली बजारमा

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ ।

सन १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एम भि अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

नेपाली बजारमा प्रवेश गरेका BRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION), TURISMO VELOVE 800 / DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् ।

८०० सि सि इन्जिन क्षमता रहेको BRUTALE 800RR , DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) / DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) मा १४० bhp को पावर र ८७ nm को टर्क रहेको छ ।

नेपाली बजारमा BRUTALE 800RR को मूल्य ४८,९०,००० रहेको छ र DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) को मूल्य ५९,९०,००० रहेको छ भने DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) को मूल्य ५७,९०,००० रहेको छ । त्यसै गरी ८०० CC को TURISMO VELOVE 800 मा ११० bhp को पावर र ८० nm को टर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य ५७,९०,००० रहेको छ ।

एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ ।

एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?