मोहम्मद आमिरले छोडे क्रिकेट

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका छन् ।

२८ वर्षका उनले पाकिस्तान क्रिकेट बोर्डविरुद्ध मानसिक प्ताडनाको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा आफूले क्रिकेट जारी राख्न नसक्ने बताएका हुन् ।

उनले जून २०१९ मा वर्कलोड मुद्दामा टेस्टबाट सन्यासको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?