काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले बैठक बोलाउनुको कारण अध्यादेश फिर्ताका विषयमा थप छलफल गर्ने बुझिएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आइतवार र मंगलवार संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा गणपूरक संख्या नपुगेपछि ओलीले तत्काल मन्त्रिपरिषद् बैठक बोलाएर अध्यक्षसहित ३ जनाको उपस्थितीमा बैठक बस्न मिल्नेगरी अध्यादेश ल्याएका थिए । सरकारले ल्याएको अध्यादेश विपक्षी र सत्तारुढ दलबाटै व्यापक आलोचना भएपछि मंगलवार बुधवार फिर्ता लिने निर्णय गरेका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले सरकारले मंगलवार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुअघि नै ओलीले बैठक बोलाइएपछि नेकपामा तरंग उत्पन्न भएको छ ।
यसैका विषयमा छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया