मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । बिहीवार (आज)  साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

हरेक हप्ताको दुई दिन (सोमवार र बिहीवार) मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

यसअघि मङ्गलवार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तत्कालै राष्ट्रपतिबाट जारी भएको उक्त अध्यादेश विवादपछि अन्तत बुधवार फिर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?