काठमाडौं । सन् २०३० मा हुने एसियन गेम्सको आयोजना कतारले गर्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारलाई दिने निर्णय गरेको हो ।
त्यसको चार वर्ष पछि हुने २०३४ को एसियन गेम्स भने साउदी अरबले आयोजना गर्नेछ ।
सन् २०३० को एसियन गेम्सको आयोजनाका लागि कतार र साउदी अरबले दाबी गरेका थिए । जसमा कतारले बाजी मारेको छ ।
एसियन ओलम्पिक परिषद् (ओसीए)को साधारण सभाले कतारलाई मतदान मार्फत आयोजनाको जिम्मेवारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया