बलिउड ड्रग्स कनेक्शन : अभिनेता अर्जुन रामपाल सोधपुछमा उपस्थित नहुने

काठमाडौं । ड्रग्स केसमा फसेका बलिउड अभिनेता अर्जुन रामपाल एनसीबीसामू उपस्थित नहुने भएका छन् ।

उनले एनसीबीलाई २२ डिसेम्बरसम्मको समय माग गरेका छन् ।

उनले आफ्नो निजी काम रहेको बताउँदै एनसीबीले बोलाए पनि उपस्थित हुन नसक्ने बताएका हुन् ।

उनीसँग यस अगाडि १३ नोभेम्बरमा सोधपुछ भएको थियो । एनसीबीले छापा मार्दा उनको घरबाट ग्याजेट्स बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?