काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ । बुधवार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ । खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो ।
त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाप सकिन तीन मिनेट अघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए
पछिल्ला ५ दिनमा बार्सिलोनाले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको हो । पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया