राप्रपाले सरकारविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।

बिहीवार बिहान अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपाको सचिवालय कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा जनप्रदर्शनको घोषणा गरेको हो ।

बैठकको निर्णयअनुसार पुस १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने, चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिने राप्रपाले जनाएको छ ।

बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै बैठकले पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि देहाय बमोजिम निर्णयहरु गरेको छ । बैठकमा अध्यक्षद्वय श्री पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।
१. सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ ।
२. भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ ः
(क) २०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने ।
(ख) पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल ¥याली गर्ने ।
(ग) पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने ।
(घ) पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ ।
३. पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्नेछ ।

भास्कर भद्रा ध्रुवबहादुर प्रधान
प्रमुख प्रमुख
केन्द्रीय सचिवालय केन्द्रीय सचिवालय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?