काठमाडौं । सिरि ए फुटबलमा युभेन्टस बराबरीमा रोकिएको छ । बुधवार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टसले एटलान्टासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बुधवार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टसले बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले साविक विजेता युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।
चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । तर, रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टसले बराबरीमा चित्त बुझाउनु पर्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया