लिभरपुलको जितमा टोटेनहम स्तब्ध

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलसँग टोटेनहम स्तब्ध भएको छ । बुधवार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै लिभरपुल लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिएको छ । लिभरपुलले खेलको २६ औं मिनेटमा मोहमद सलाहाको गोलबाट अग्रता लिएको थियो ।

टोटेनहम स्टार सन ह्युङ मिनले ३३ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

शीर्ष स्थानको लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?