रियल सोसिडाडविरुद्ध बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लिगको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

डी सिल्भाले सोसिडाडका लागि सुरुवाती गोल गरेपनि जित निकाल्न सकेन । बार्सिलोनाका लागि जोर्डी अल्बा र डी जोङले एकएक गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाएका हुन् ।

शिर्ष स्थानको सोसिडाड तालिकाको दोस्रो स्थानमा झरेको छ भने बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?