संसद अधिवेशन बोलाउने अडानबाट पछि हट्यो प्रचण्ड समूह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ ।

ओलीले मंगलवार अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षर बुझाउन पुगेको थियो । ओलीको सहमतीसँगै प्रचण्ड नेपाल समूह ब्याक भएको हो ।

बुधवार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच वालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने सहमती गरेपछि प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?