काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सकिएको छ ।
सरकारले मंगलवार (हिजो) संवैधानिक परिषद्सम्बन्धी जारी गरेको अध्यादेशका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको थियो ।
आजको बैठकले संवैधानिक बैठकले गरेको निर्णय नमान्ने, संसदको बैठकको माग, पार्टी संसदीय दलको बैठक बोलाइने लगायतका निर्णयहरु गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार थप रणनीति पार्टीको संसदीय बैठकले तय गर्नेछ ।
यद्यपी धेरै आलोचनापछि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
थप रणनीति तयार गर्न कांग्रेस संसदीय दलको बैठक भोलि (बिहीवार) लाई बोलाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया