नेपालमा कोरोना भाइरसका कारण १ हजार ७४३ जनाको गयो ज्यान, कति छन् क्वारेन्टाइनमा ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ४९ हजार १३६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४५२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?