पहिलो टेस्ट क्रिकेटका लागि भारतको प्लेइङ ११ घोषणा : ओपनिङको जिम्मेवारी मयंक र पृथ्वीलाई

काठमाडौं । एडिलेडमा खेलिने पहिलो टेस्ट (डे नाइट) का लागि टीम इण्डियाको प्लेइङ ११ को घोषणा भएको छ ।

बुधवार भारतीय क्रिकेट कन्ट्रोल बोर्डले लिस्ट जारी गरेको छ । मयंक अग्रवाल र पृथ्वी शाले ओपनिङ गर्ने भएका छन् ।

उमेश यादव टीमका लागि तेश्रो पेसर हुनेछन् । त्यस्तै स्पिनको जिम्मवारी रविचन्द्र अश्विनलाई दिइएको छ ।

चेतेश्वर पुजारा, विराट कोहली र अंजिक्य रहाणेले टीमको मिडिल अर्डर सम्हाल्नेछन् ।

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?