काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नबिन्द्रराज जोशीले मंगलवार (हिजो) सरकारले हठात ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई राजा महेन्द्रको प्रवृत्तिसँग तुलना गरेका छन् ।
साथै जनताको मत र भावनालाई बलात् कुल्चने लोकतन्त्र र संविधानको बर्खिलापमा उभिने र सम्पूर्ण अधिकारलाई आफूमा केन्द्रीकृत गर्ने राजा महेन्द्रको प्रवृत्तिले ,लोकतन्त्र र स्वतन्त्रता पछाडि फर्किन नसक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘जनताको मत र भावनालाई बलात् कुल्चने लोकतन्त्र र संविधानको बर्खिलापमा उभिने राष्ट्रका महत्त्वपूर्ण संस्थाहरुलाई आफ्नोस्वार्थमा प्रयोग गर्ने ,सम्पूर्ण अधिकार आफुमा केन्द्रीकृत गर्ने राजा महेन्द्रको प्रवृत्तिले यो देशमा कहिले पुनरावृत्ति हुनसक्दैन ,लोकतन्त्र र स्वतन्त्रता पछाडि फर्कन सक्दैन । सबैलाई चेतना भया ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया