वसन्तपुर दरबार स्क्वायरमा टहलिँदा (फोटोफिचर)

काठमाडौं । कोरोना महामारीका कारण निकै लामो समय सुनसान बनेको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा अहिले मानिसहरुको चहलपहल शुरु हुन थालेको छ । कोरोनाका कारण मानिसहरु स्वास्थ्य मापदण्ड अपनाइ घर बाहिर निस्कने गरेका छन् ।

वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ ।

वसन्तपुरमा घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्दथे तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण अहिले वसन्तपुरमा विदेशी पर्यटकहरु शुन्य प्राय छन् । आन्तरिक पर्यटकहरुको भने सामान्य चहलपहल देख्न सकिन्छ ।

वि.स २०७२ साल वैशाख १२ गते आएको विनासकारी भूकम्पका कारण यस क्षेत्रमा रहेको ऐतिहासका मठमन्दिरहरु ढलेका थिए । भूकम्पका कारण क्षति भएको मठमन्दिरहरुले अहिले पनि निर्माणाधिन अवस्थामा रहेको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?