काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मंगलवार सरकारले ल्याएको अध्यादेशको प्रसंगलाई २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको राजनीतिक ‘कु’ सँग जोडेका छन् ।
सधैँ पुस १ गते राजा महेन्द्र भर्सस बीपीको कन्सिपिरेन्सी थेउरीको चल्ने गरेको र पुँजीवाद कमजोर भएका कारण बीपी हारेको बताएका छन् ।
बुधवार ट्वीट गर्दै डा भट्टराईले २०६२र६३ सालमा सामन्तवाद कमजोर भइसकेको कारण जनता जितेको दाबी गरेका छन् ।
नेपालमा सधैं पुस १ गते महेन्द्रvsबीपीकोconspiracy theoryको वहस चल्छ।इतिहासको संघर्षमा व्यक्तिको भूमिका गौण र भित्री अर्थ-राजनीतिक प्रकृया प्रधान हुन्छ भन्ने खै बुझेको?०१७ सालमा सामन्तवादभन्दा पुॅजीवाद कमजोर थियो बीपी हारे;०६२/६३मा सामन्तवाद कमजोर भैसकेको थियो जनता जिते! कुरो खतम!
— Baburam Bhattarai (@brb1954) December 16, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया