बैठक बस्न लागेका पार्टी सभापति तथा शीर्ष नेताहरुलाई गगन थापाको यस्तो आग्रह

काठमाडौं । मंगलवार सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ ।

यसै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद अधिवेशका लागि तत्कालै निवेदन दिनेबारे छलफल गर्न आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै नेता थापाले उपसभामुखको निर्वाचन नभएसम्म संसदको अधिवेशन ठप्प गर्ने र संवैधानिक परिषद्को बैठक अस्वीकार गर्न समेत आग्रह गरेका छन् ।

साथै सडक र सदनबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सरकारलाई बाध्य पार्न समेत पार्टी सभापति देउवालाई सुझाव दिएका छन् ।

तत्कालै अर्को ट्वीट गर्दै पार्टी सभापति तथा पदाधिकारीहरुलाई सम्बोधन गर्दै नेता थापाले बैठकमा सरकार बरालिएको कुरा बताएको तर त्यसलाई राम्ररी मनन नगर्दा आजको परिस्थिती आएको नेता थापाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?