प्रिमियर लिग फुटबल : लिभरपुल र टोटेनहम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । प्रिमियर लिग फुटबलमा आज लिभरपुल र टोटेनहम भिड्दै छन् । तालिकाको शीर्ष स्थानमा रहेका लिभरपुल र टोटेनहम बीचको खेलमा सबैको नजर छ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे शुरु हुनेछ ।

टोटेनहन फरवार्ड ग्यारेथ बेललाई लिएर चिन्तित छ । ज्वरोका कारण उनी नोभेम्बर ८ यता प्रिमियर लिगमा देखिन पाएका छैनन् । दुवै टिमको तालिकामा समान २५ अंक छ ।
खेलमा जित निकाल्दै तालिकामा स्पष्ट तीन अंकको अग्रता लिने अवसर दुवै टोलीलाई रहेको छ ।

प्रिमियर लिग फुटबलमा आज (बुधवार) राति विभिन्न ६ खेल हुँदैछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?