२०७७, १ पुष बुधबार १२:२५

बैंकर्स संघमा बढ्यो चुनावी चटारो


प्रकाशित मिति : २०७७, १ पुष बुधबार १२:२५

काठमाडौं । नेपाल बैंकर्स संघले पुस १५ गते चुनावी साधारणसभा डाकेको छ।

चुनावी सभाले दुई कार्य समिति सदस्यका साथै एक उपाध्यक्षको निर्वाचन गर्ने छ। विधान संशोधनपछि अर्को एक उपाध्यक्ष पनि थप गरिनेछ।

नेपाल बैंकर्स संघमा हाल उपाध्यक्षसहित अन्य दुई कार्य समिति सदस्य चयन गर्नु पर्ने आवश्यक्ता रहेको छ। विधान संशोधन गरेर अर्को एक उपाध्यक्ष पद थप गर्ने तयारीमा संघ रहेको छ।

स्रोतका अनुसार एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई नयाँ उपाध्यक्ष ल्याउने तयारी भैरहेको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकका अनुकुल भटनागर, माछापुच्छ्रे बैंकबाट राजीनामा दिएर बाहिरिएका सुमन शर्मा लगायत सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको पदमा नयाँ कार्य समिति सदस्य चयन गर्नुपर्ने आवश्यक्ता रहेको छ।

संघले केही दिनमै उमेद्वारी दाबी गर्न आह्वान गर्ने जनाएको छ।

Tags:

प्रतिक्रिया दिनुहोस