गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे गोरखा–आरुघाट सडकखण्डमा दुर्घटना भएको हो । बस अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकले उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको र अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया