कोदोको खिर बनाएर सन्तोष बीबीसी मास्टर सेफको अन्तिम चारमा

लण्डन । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष चारमा प्रवेश गरेका छन् । मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट उनी शीर्ष चारमा पुग्न सफल भएका हुन् ।

हरेक चरणमा नेपाली परिकार बनाउँदै आएका सन्तोषले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर तथा आँपको कुल्फी र आँपको ‘अमौरा’ बनाएका थिए ।

यस अघिका चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?