काठमाडौँ । संवैधानिक परिषद्को बैठक बुधबार पनि बस्ने भएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि सामान्य छलफल भएको थियो । भोलि बस्ने बैठकले अन्तिम रुप दिन लागिएको हो ।
आजको बैठकमा परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामात्रै उपस्थित थिए।
छ सदस्यीय संवैधानिक परिषदमा एक सदस्य खाली छ। प्रतिनिधिसभाको उपसभामुख पद खाली रहेकाले पाँच सदस्य मात्रै छन्। प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया