जेसिबीको इक्युपमेन्ट खरिद गर्न माछापुच्छ्रे बैंकले सहुलियत कर्जा दिने

काठमाडौँ । एमएडब्लु अर्थमुभर्स प्रालिका ग्राहकहरुले जेसिबी ब्राण्डका हेभी इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकबाट  सहुलियत दरमा कर्जा पाउने भएका छन् ।

दुई संस्थाबीच भएको सहमतिमा एमएडब्लु अर्थमुभर्स प्रालिका अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकका  प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र एमएडब्लु अर्थमुभर्स प्रालिकाका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?