संवैधानिक परिषद् बैठक बालुवाटारमा जारी

काठमाडौं – संवैधानिक परिषद् बैठक बालुवाटारमा जारी छ ।

बैठकले संवैधानिक आयोगहरुका लामो समयदेखि रिक्त ४६ पदमा नियुक्ति हुन सक्ने स्रोतले बतायो ।

प्राप्त जानकारी अनुसार यदी आज (मंगलबार) नियुक्ति भएन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको अर्को बैठक बसेर भोली निर्णय हुन सक्ने छ ।

आज बिहान संवैधानिक परिषद् को बैठकमा सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि मन्त्रिपरिषद् को आकस्मिक बैठक बसेर ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल जारी गरेकी थिइन् ।

सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेर ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएसँगै नेपाली राजनीति तरंगित बनेको छ ।

सरकारले हठात् रुपमा अध्यादेश ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिपक्षी मात्रै नभइ सरकार पक्षकै नेताहरुले अध्यादेशको आलोचना गर्दै त्यसलाई तत्काल फिर्ता गर्न माग गरेका छन् ।

पूर्णपाठ पढ्न तलको लिंक क्लिक गर्नुहोस् : 

सवैधानिक-परिषद्को-काम-कर्तव्य-संम्वन्धी-ऐनमा-संशोधन-गर्न-बनेको-अध्यादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?