काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ ।
सरकारले आज (मंगलवार) हठात् रुपमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै असन्तुष्ट बनेको कांग्रेसले छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो ।
भोली दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
महाधिवेशन लगायत अन्य विषयमा समेत छलफल हुने भएपनि मुख्यगरी अध्यादेशकै विषयमा छलफल हुने उनले बताए ।
“मुख्यतः आज सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे छलफल हुनेछ, त्यसबाहेक, संसद अधिवेशन बोलाउन सरकारलाई झक्झक्याउने साथै पार्टी महाधिवेशनको बारेमा कुरा हुनसक्छ । ” उनले लोकपथसँग भने ।
सरकारले आज संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै चौतर्फी आलोचना भएको छ । प्रतिपक्षी मात्रै नभएर सत्तारुढ दलकै नेताहरुले अध्यादेश फिर्ता लिन माग गरिरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया