खुमलटार बैठक सकियो , प्रचण्ड पक्षले तयार पार्‍यो यस्तो रणनीति !

काठमाडौं – खुमलटार बैठक सकिएको छ । बैठकले अध्यादेश विरुद्ध एक हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई कारवाही गर्ने विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।

प्राप्त जानकारी अनुसार भोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदम विरुद्ध एक मत भएर अगाडि बढ्ने विषयमा छलफल भएको हो ।

प्रचण्डनिकट एक नेता भन्छन् , ”ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध हामी एक भएर अघि बढ्छौँ ।”

भएको के हो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।

आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।

बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो ।

यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवार पनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?