बलिउड ड्रग्स केस : अभिनेता अर्जुन रामपाललाई एनसीबीले पठायो नोटिस

काठमाडौं । बलिउड ड्रग्स केसमा नाराकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेता अर्जुन रामपाललाई दोश्रो पटक शोधपुछका लागि नोटिस पठाएको छ ।

उनलाई १६ डिसेम्बर बिहान ११ बजेसम्म मुम्बईको एक्सचेन्ज बिल्डिङस्थित एनसीबी अफिस जान भनिएको छ । यो भन्दा पहिला अभिनेतालाई १३ नोभेम्बरमा शोधपुछ गरेको थियो ।

त्यो दिन ७ घण्टासम्म शोधपुछ भएको थियो । ड्रग्स कारोवारीसँगको सोधपुछमा उनको नाम फेरि जोडिएपछि उनलाई बोलाइएको बताइएको छ ।

उनको घरमा ९ नोभेम्बरमा एनसीबीले छापा मारेको थियो, जसमा केहि मोबाइल फोन र ल्यापटप बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?