मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

केहिबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रत्येक हप्ताको सोमवार र बिहीवार नियमित बैठक बस्ने गरिएकोमा आज मंगलवार बैठक बसेको हो । आजको बैठकमा समसायिक विषयमा छलफल गरिने बताइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर गणपूरक संख्या नपुगेपछि साँझ ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । यसअघि आइतवार बोलाइएको बैठकपनि गणपूरक संख्या नपुगेपछि आजसम्मका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?