कंगना VS ऋतिक : ४ वर्ष पुरानो केसको अनुसन्धान अब क्राइम ब्रान्चले गर्ने

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता ऋतिक रोशनको बीचमा चलिरहेको ४ वर्ष पुरानो मामिलाको जाँच अब मुम्बई क्राइम ब्राञ्चले गर्नेछ ।

पहिले यो केस साइबर सेलसँग थियो । जसलाई अब क्राइम इन्टेलिजेन्स यूनिटलाई दिइएको छ । २०१६ मा ऋतिकले कंगनाविरुद्ध एफाआईआर दर्ता गराएका थिए ।

जब उनले कंगनाको इमेल अकाउण्टबाट १०० भन्दा धेरै ईमेल पाएका थिए ।

जसमा उनले २०१३ देखि २०१४ सम्म धेरै ईमेल पाएको र २०१६ मा साइबर सेलमा आफ्नो केस दर्ता गराएका थिए । यी सबै मेल कंगनाको आईडीबाट पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?