मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् नियमित बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साँढे १० बजेका लागि बैठक बोलाएका हुन् । तर केहि समयपछि मात्रै बैठक शुरु हुने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाँईले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार यो नियमित मन्त्रिपरिषद् बैठक हो । सोमवार नियमित बैठक बस्न नसकेपछि आज बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । गणपूरक संख्या नपुगेपछि साँझ ५ बजे बस्नेगरि बैठक स्थगित गरिएको छ । यसअघि आइतवार बैठक बोलाइएपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?