काठमाडौं । अष्ट्रेलियामा सन् २०२२ मा हुने टि-२० विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को प्रक्रिया अनुसार नेपालले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।
सोमवार आइसीसीले छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो ।
फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ । ग्लोबल छनोटबाट कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट २-२ टोली विश्वकपमा खेल्नेछन् ।

ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया