बीबीएल खेल्न सन्दीप आज अस्ट्रेलिया जाँदै

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास क्रिकेट लिग (बीबीएल) खेल्न आज मंगलबार अस्ट्रेलिया जाँदै छन्।
सन्दीप बिबिएल खेल्न आज विहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया जान लागेका हुन् ।

यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीप यो सिजनमा होबर्ट हरिकेन्ससँग आबद्ध छन् ।

अस्ट्रेलिया पुगेर करिब १४ दिनको क्वारेन्टाइनमा बस्ने सन्दीपले ३० डिसेम्बरभन्दा अघिको खेल भने खेल्न पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?