टिप्परले ठक्कर दिँदा कीर्तिपुरमा एक जनाको मृत्यु

काठमाडौं । कीर्तिपुर नगरपालिका ६ चोभारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराति बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्परले स १० प ४९१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय सरोज राईको घटनास्थलमा नै ज्यान गएको हो ।

टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?