संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेका छन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा उपस्थित हुने नहुने अन्यौलकाबीच प्रधानमन्त्री ओलीले परिषद् बैठक राख्ने तयारी गरेका हुन् । यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि देउवा अनुपस्थित भएपछि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?